२०८३ भाद्र ८ गते मङ्गलवार

१२ हजार बढीमा कोरोना संक्रमण,३ हजार ४० जना संक्रमित कोरोनामुक्त




माघ ११
नेपालमा थप १२ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार