२०८३ असोज ८ गते शुक्रवार

सुमन केसी सल्यानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार



नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सल्यानमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ। यसैक्रममा सुमन केसीले ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।

सल्यान निवासी केसीले युवाको सहभागिता, नेतृत्व विकास र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफू महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्न लागेको बताउनुभएको छ।

उहाँले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्व र कांग्रेसभित्र युवाको सक्रिय सहभागिता बढाउने अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ। साथै, संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै त्यसका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

व्यवसायमा समेत सक्रिय रहँदै आउनुभएका सुमन केसी पछिल्लो समय युवा पुस्तामाझ परिचित र रुचाइएका व्यक्तिका रूपमा समेत देखिनुभएको छ। उहाँको उम्मेदवारीले सल्यान कांग्रेसमा युवा नेतृत्व र पुस्तान्तरणको बहसलाई थप चर्चामा ल्याएको छ।

सुमन केसी
केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
३५ वर्षमुनि युवा क्लस्टर, नेपाली कांग्रेस सल्यान

प्रकाशित मिति : २०८३ असोज ८ गते शुक्रवार