२०८१ जेष्ठ १ गते मङ्गलवार

धमेन्द्र बास्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु, बास्तोला प्रहरी नियन्त्रणमा



दाङ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ति गाउँपालिका–५ को सिंगेमा गए राति पौने १० बजे बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि गाडी चालक बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालय दाङमा राखिएको केसीले बताए । ‘चालक बस्तोलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौँ । उनीमाथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउँछौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ’, केसीले भने । केसीका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी बास्तोला आफैले चलाएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार