२०८३ असोज २९ गते शुक्रवार

टरिगाउँ विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाइने



दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

विमानस्थल निरीक्षणपछि मन्त्री पौडेलले आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता र सञ्चालन क्षमताबारे अध्ययन गरी आगामी कार्ययोजना बनाउन निर्देशन दिएका हुन्।

टरिगाउँ विमानस्थलको विस्तारबाट हवाई सेवा सहज बनाउने, पर्यटन प्रवर्द्धन गर्ने र दाङको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

अब दाङवासीको अपेक्षा—टरिगाउँ विमानस्थल विस्तारको अध्ययनमा मात्र सीमित नभई कार्यान्वयनको चरणसम्म पुगोस्। ✈️

प्रकाशित मिति : २०८३ असोज २९ गते शुक्रवार