२०८२ असार २६ गते शुक्रवार

तुलसीपुर ३ शिरखोलामा सडेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो



दाङको तुलसीपुरमा सडेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलाको झाडीमा बुधबार बिहान फेला परेको गलेको अवस्थामा रहेको शवको सनाखत गरिएको छ। शव तुलसीपुर–६ हात्तिखौवाका ४४ वर्षीय हरिश चन्द्र बस्नेतको रहेको बताइएको छ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार मृतक बस्नेतको सनाखत उनका छोरा ऋषिकृष्ण बस्नेतले गरेका हुन्। प्रहरीका अनुसार मृतक बस्नेत जेठ ६ गते बिहान घरबाट कसैलाई केही नबताई निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा थिएनन्। शवको अवस्था निकै गलेको रहेकाले पहिचानमा कठिनाइ भएको प्रहरीले जनाएको छ। टाउको र खुट्टा छुट्टिएको अवस्थामा फेला परेको शव डेढ महिना अगाडि नै मृत्यु भएको अनुमान गरिएको थियो। घटनास्थल नजिकैको बंगुर फार्ममा काम गर्ने व्यक्तिले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको जनाएको छ। मृत्युको कारणबारे हालसम्म स्पष्ट जानकारी नआएको र आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको डिएसपी ठकुरीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते बुधवार