दाङ । एट स्टार अस्वारा युवा क्लबको दोस्रो साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। साधारणसभाले ललित वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा टेकराज क्षेत्री, सचिवमा हेमन्त डाँगी, सहसचिवमा समयोग बस्नेत र कोषाध्यक्षमा सुस्मिता सापकोटा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रमेश केसी, समर भण्डारी, रामकलि रेउले, खिम बुढाथोकी र भानुभक्त साहु चयन भएका छन्। सल्लाहकारमा श्रीधर साहु, सुवास सापकोटा र शंकर भुसाल चयन भएका छन्।
क्लबका अध्यक्ष श्रीधर साहुको अध्यक्षता तथा वडा सदस्य हस्तबहादुर विकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अस्वारा खानेपानीका अध्यक्ष शिवहरी भण्डारी, धनराम रोका लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गरे। गरिब, विपन्न तथा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको क्लबले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिए।
प्रमुख अतिथि विकले क्लबले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रमको सहजीकरण ललित वलीले गरेका थिए।









