२०८१ माघ २४ गते शुक्रवार

सखुवा प्रसौनीमा होल टिमको साथ २०८४ मा उमेदवारि दिने : प्रदिप साह



पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वार्ड नं. ६ लखनपुरका प्रदीप साह आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखको उम्मेदवारी दिने घोषणा

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका, वार्ड नं. ६, लखनपुरका जमिनदार परिवारका नाति प्रदीप साहले आउँदो २०८४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रमुख पदको साथै, उपाध्यक्ष र वार्ड नं. १ देखि ६ सम्मका सम्पूर्ण पदहरूमा पनि आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दिने योजना उनले सार्वजनिक गरेका छन्।

हाल अस्ट्रेलियामा फार्मासिस्टको रूपमा कार्यरत साहले २०८३ सालदेखि नेपालमा स्थायी रूपमा बस्दै जनता र समाजका लागि काम गर्ने आफ्नो प्रतिवद्धता जनाएका छन्।

प्रदीप साहले उम्मेदवारी अघि नै आफ्नो लिखित घोषणापत्र सार्वजनिक गर्दै गाउँपालिकाको समग्र विकास र सुधारका निम्ति १० बुँदे योजना प्रस्तुत गरेका छन्, जसमा निम्न विषयवस्तु समावेश छन्:

  1. अस्पताल निर्माण: बलुवा गाउँ (वार्ड नं. ५) र वार्ड नं. ३ मा दुई वटा अस्पताल निर्माण गरिने।
  2. सिंचाई व्यवस्था सुधार: सार्वजनिक र सरकारी बाँधहरू पुनः सञ्चालनमा ल्याई २४/७ घण्टा सिंचाईको सुविधा उपलब्ध गराइने।
  3. आवास निर्माण: विपन्न, असहाय र गरीब परिवारलाई दुई कोठे पक्की घर निर्माण गरी प्रदान गरिने।
  4. शिक्षा निःशुल्क: विद्यालय स्तरका शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउँदै किताब, कापी र शुल्क पालिकाले उपलब्ध गराउने।
  5. कर हटाउने योजना: सिफारिस, जग्गा मालपोत करजस्ता सेवाहरू निःशुल्क गराइने।
  6. रोजगारीको अवसर: कुनै प्रकारको विभेद नगरी पालिकाका नागरिकलाई मात्र रोजगारीको प्राथमिकता दिइने।
  7. पारदर्शी प्रशासन: पालिका र वार्ड परिषदहरू खुला मैदानमा प्रत्यक्ष प्रसारण गरी सञ्चालन गरिने।
  8. कर्मचारी क्वार्टर: कर्मचारीका लागि आवश्यक क्वार्टर निर्माण गरी अनावश्यक घरभाडा खर्चको अन्त्य गरिने।
  9. कृषि बजार स्थापना: किसानले उत्पादन गरेको बालीको उचित मूल्य सुनिश्चित गर्न हुलाकी मार्ग र जनता रोडमा कृषि बजार स्थापना गरिने।
  10. भ्रष्टाचारमुक्त प्रशासन: कमिसनको भरमा ठेक्कापट्टा दिने प्रथाको अन्त्य गरिने।

प्रदीप साहले आफू जनताको सेवा र विकासलाई प्राथमिकता दिँदै पूर्ण पारदर्शिता र इमानदारीतासहित गाउँपालिकाको समग्र प्रगतिका लागि काम गर्ने बताएका छन्। आगामी निर्वाचनमा उनको उम्मेदवारी र घोषणापत्रले गाउँपालिकाको जनतालाई कस्तो प्रभाव पार्छ, त्यो भने समयले देखाउनेछ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार