२०८३ असोज ११ गते सोमवार

दाङ.३ बाट युवा व्यवसयी बसन्त,कुमार खड्काले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 



नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा दाङ क्षेत्र नं. ३ बाट युवा व्यवसायी तथा समाजसेवी बसन्तकुमार खड्काले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएका खड्काले पार्टी संगठनमा युवाको अर्थपूर्ण सहभागिता र नयाँ पुस्तालाई नेतृत्वमा जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभएको छ।
खड्काले आफ्नो उम्मेदवारीलाई अनुभव, समर्पण र सेवाको निरन्तरतासँगै युवाको आवाजलाई पार्टीभित्र थप मजबुत बनाउने प्रयासका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले युवाको ऊर्जा, अग्रजको अनुभव र संगठनको एकतालाई जोड दिँदै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।
खड्काको उम्मेदवारीसँगै दाङ क्षेत्र नं. ३ को कांग्रेस महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक गतिविधि थप चासोपूर्ण बनेको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते सोमवार