२०८३ असोज २६ गते मङ्गलवार

जीवन केसीको शब्दमा मार्मिक दसैँ गीत ‘परदेशी सम्झने हो कि’ सार्वजनिक



नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा परदेशमा रहेका नेपाली र उनीहरूका परिवारको भावनालाई समेट्दै दशैँ गीत ‘परदेशी सम्झने हो कि’ सार्वजनिक भएको छ । गायिका टीका पुन र गायक खेमराज गौतमको स्वरमा सजिएको उक्त गीतमा रमेश वलीको शब्द तथा संगीत रहेको छ भने शब्द रचना जीवन केसीले गरेका छन् ।

स्टुडियो शंकरामा रेकर्ड गरिएको गीतको मिक्सिङ कुमार सानू पुनले गरेका हुन् । गीतको म्युजिक भिडियो रायान बस्यालको निर्देशनमा तयार पारिएको हो । भिडियोमा नारायणी खत्री र रायान बस्यालको अभिनय रहेको छ । विशाल परियारले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन तथा कलर अनिल बिष्ट प्युठानीले गरेका छन् ।

दशैँमा घरपरिवारसँगै बसेर पर्व मनाउने चाहना हुँदाहुँदै रोजगारीका लागि विदेशमा रहन बाध्य नेपालीहरूको भावना समेट्ने प्रयास गरिएको यस गीतले परदेशमा रहेका नेपाली र उनीहरूका परिवारको सम्बन्ध, सम्झना तथा भावनालाई उजागर गरेको छ ।

links

प्रकाशित मिति : २०८३ असोज २६ गते मङ्गलवार