२०८३ असोज १५ गते शुक्रवार

जय जीव दर्शनको समन्वयमा मनीष आचार्यद्वारा भोटेकोशी बाढीपीडितलाई राहत



तुलसीपुर, दाङ । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै दाङको तुलसीपुरबाट दोस्रो चरणको राहत सामग्री पठाइएको छ।

आउँदै गरेको दशैँ–तिहारलाई मध्यनजर गर्दै जय जीव दर्शनको अगुवाइमा जीव दर्शनमा आस्थावान युवा अभियन्ताहरूले राहत सामग्री संकलन गरी रसुवाका बाढीपीडित परिवारसम्म पुर्‍याउन थालेका हुन्।

जय जीव दर्शनका द्रष्टा एवं समाजसेवी उपेन्द्र पौडेलका अनुसार यसअघि पनि राहत सहयोग गरिएको र अहिले बाढीपीडितको अवस्था तथा चाडपर्वलाई ध्यानमा राख्दै दोस्रो चरणको राहत पठाइएको हो।

राहत अभियानका लागि तुलसीपुरका समाजसेवी मनिस आचार्यले सहयोग गर्नुभएको बताइएको छ। संकलित राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने जिम्मेवारी तुलसीपुर–७ का समाजसेवी विष्णु बस्नेतले लिनुभएको छ।

त्यस्तै, राहत सामग्री लैजाने क्रममा आवश्यक सहजीकरण तथा व्यवस्थापनमा तुलसीपुर–३ दमारगाउँ निवासी समाजसेवी द्रोण केसीले सहयोग गर्नुभएको बताइएको छ।

बाढीपीडित परिवारको पीडामा मलम लगाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न व्यक्ति तथा युवाहरूको निरन्तर सहयोग र सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १५ गते शुक्रवार