
जेठ २२
विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि वातावरण दिवस मनाउन थालिएको हो। ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइएको उक्त अवसरमा तुलसीपुर ७ मा रहेको त्रिदेव बोर्डिङ स्कुलले विश्व वातावरणको दिवसमा सरसफाई र वृक्षारोपण गरेर मनायो। कार्यक्रममा तुलसीपुर ३ मा रहेको शिव मन्दिर परिषद् तुलसीपुर ४ मा रहेको भुवनेश्वर मन्दिर र तुल्सीपुर ४ मा रहेको आँखा अस्पतालमा सरसफाई गरेर विश्व वातावरण दिवस मनाएको छ।

कार्यक्रममा त्रिदेव बोर्डिङ स्कुलका प्रिन्सिपल मनोज हमाल ले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने उहाँको भनाइ रहेको थियो सो अवसरमा तुलसीपुर ४ का वडा अध्यक्ष तुलसी थापा ले विद्यार्थी भाइबहिनीलाई शिक्षाको महत्व, बारेमा प्रकाश पार्दै शिक्षाको पथमा निरन्तर अघि बढिरहन सल्लाह सुझाव दिनुभयो साथै उक्त कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी ध्रुव गौतम ले समाजसेवाको महत्वको उल्लेख गर्दै विद्यार्थी भाइबहिनीहरूलाई जती नै पढेर ठूलो भएपनि समाजप्रतिको आफ्नो कर्तव्य नभुल्ने सुझाव दिनुभयो कार्यक्रममा ८ ,९ र १० का विद्यार्थी सहभागी भएका थिए।
