२०८२ बैशाख ४ गते शुक्रवार

तुलसीपुरमा ठेकेदारको लुटधन्दा अझै रोकिएन फेरि गणेशपुरमा पार्कीङ सुल्क उठाउदै




तुलसीपुर, २२ चैत । दाङको तुलसीपुरमा गाडीहरुबाट जथाभावी पार्कीङ सुल्क लिने क्रम रोकिएको छैन । तुलसीपुरको बसपार्कका ठेदेदारले आफ्ना प्रतिनिधि खटाएर बसपार्क बाहिर जथाभावी सडकबाट पार्कीङ सुल्क असुल्ने क्रम अझै नरोकिएको सवारी चालकहरुले गुनासो गरेका छन् । बसपार्कका ठेकेदारले राखेका कर्मचारी सल्यान रोड अन्र्तगत गोठिखोला, रक्षाचौर, गणेशपुरलगाएतका स्थानमा बसेर पार्कीङ सुल्क लिइरहेका छन् बसपार्कका ठेकेदारले तुलसीपुर प्रवेश गरे मात्रै पनि जहाँ भटायो त्यही रोकेर गाडीबाट पैसा असुल्ने गरेका छन् । ठेकेदारले घुमाउरो तरिकाले आफुहरुबाट रकम असुल्दै आएको बारे गाडी चालकहरु नै अनविज्ञ छन् । अर्को अचम्मको कुरा त के छ भने नेपालगञ्जदेखी सल्यान रुकुम जादै गरेका गाडीहरुबाटसमेत गोटीखोला लाहुरेचौरमा बथाना बसेर पार्कीङ सुल्क उठाउने गरेको पाइएको छ । नेपालगञ्जबाट सल्यान रुकुम जाने गाडीलाई तुलसीपुरको बसपार्क जान आवश्यक नै पर्दैन । उनीहरु अमेलिया तुलसीपुर सडकखण्ड हुदै सल्यान जाने क्रममा लाहुरेचौरमा पुगेर पार्कीङ सुल्क तिर्न परिहेको बताएका छन् । ठेकेदारको यो मनपरी देखेर स्थानिय नागरिकलाईसमेत चकित पेरका छन् । पार्कीङ सुल्क उठाउने ठेकेदारका प्रतितिनिधि पनि एकठाउँमा बसेको पाइदैन । कहिले तुलसीपुर कहिले सल्यान रोड कहिले गोडी खोलामा पार्कीङ सुल्क उठाइरहेको अवस्थामा उनीहरु भेटिन्छन् । यसरी जथाभावीबाट पार्कीङ सुल्क उठाउनु गैरकानुनी हुने भन्दै यसको चर्को विरोध भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र २० गते शुक्रवार