
बिनोद यादव / मंसिर ४, पर्सा : पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ मा तिलगंगा सामुदायिक आँखा अस्पताल, निचुटाद्वारा आयोजित आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष विजय श्री गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो। शिविरमा कुल २५४ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा १२९ जना पुरुष र १२५ जना महिलाको आँखा जाँच गरिएको थियो। तीमध्ये ५१ जनामा मोतियाबिन्दुको समस्या पत्ता लागेको छ।


मोतियाबिन्दु पहिचान भएका व्यक्तिहरूको शल्यक्रिया यही मंसिर ७ गते तिलगंगा सामुदायिक आँखा अस्पताल, निचुटामा निःशुल्क रूपमा गरिनेछ। शिविरमा गाउँपालिका उपाध्यक्ष ममता महतो, वडा सदस्यहरू, स्वास्थ्य शाखा संयोजक, स्वास्थ्यकर्मीहरू, आँखा विशेषज्ञहरू, स्थानीय बासिन्दा र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम वडा अध्यक्ष विजय श्री गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो।