२०८१ माघ २७ गते सोमवार

पटेर्वा सुगौलीमा २३० जनाको निःशुल्क आँखाको शल्यक्रिया सम्पन्न



बिनोद यादव, मंसिर ९: पर्साको पटेर्वा सुगौली गाउँपालिकाले २३० जनाको निःशुल्क आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। शल्यक्रिया हेटौंडा सामुदायिक आँखा अस्पताल र तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

गाउँपालिकाले आयोजना गरेका विभिन्न निःशुल्क आँखा शिविरमा ३०९ जनामा मोतियाबिन्दुको समस्या पहिचान गरिएको थियो। तीमध्ये २३० जनाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए।

शल्यक्रिया पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ स्थित निचुटा स्वास्थ्य चौकीमा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, वडा नम्बर २ का अध्यक्ष विजय गैरे, वडा नम्बर ३ का अध्यक्ष माधो राउत, वडा सदस्यहरू हैदर अन्सारी, सहमद अन्सारी, लक्षणदेव चौधरी, धुरण चौधरी, र निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णको उपस्थिति थियो।

गाउँपालिकाले आयोजना गरेका विजबनिया, महादेवपट्टी, सुर्वणपुर, गादीलगायतका स्थानका निःशुल्क आँखा शिविरहरूमा १,३०७ जनाको आँखा परीक्षण गरिएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते आइतवार