२०७९ मङ्सिर १७ गते शनिवार

५५३ जनामा कोरोना संक्रमण



२२ साउन,दाङ/ पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ५०७ जना होम आइसोलेसनमा रहेका छन् भने १५२ जना संस्थागत आइसोलेसन र ४५ जना आईसीयूमा छन् ।
यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार