२०८१ बैशाख १३ गते बिहिवार

नेपाल पत्रकार महासंघ दाङ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न




फाल्गुन १९
नेपाल पत्रकार महासंघ दाङका सदस्य सुमन केसीको वुवा खीमबहादुर के.सीको ४५ बर्षको उमेरमा असामयिक निधन भएको १३ औँ दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस चाैतारी दाङकाे आयाेजनामा केसी निवास तुलसीपुर १५ मा श्रद्धाञ्जली कार्यक्रम आज बिहीवार समपन्न भएकाे छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियनका गाेपाल शर्मा भट्टराई र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिका अध्यक्ष दामाेदर बस्नेत (राकेश) ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।


कार्यक्रममा सहभागीलाई स्व.केसीका बुवा हुमबहादुर केसीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण सचिव आर.के.शीतलले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार