माघ २१
आज विश्व क्यान्सर दिवस नेपालमा समेत विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ ।
क्यन्सर रोग निबारणका लागि सरकारी तथा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूले चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दैछन् । खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
धुमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार