
माघ १३
नेपालमा पछिल्लो २४ घन्टामा थप आठ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार १५ हजार सात सय ३६ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार आठ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । साथै, ६ हजार ७२ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार दुई सय एक जनामा सङ्क्रमण देखिएको हो ।
सोही अवधिमा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ । त्यस्तै, पाँच हजार दुई सय ९२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभरमा ९० हजार पाँच सय ७६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार