
माघ ०५
रोल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको छ । आज आज बुधवार मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ जनाको एन्टिजेन परिक्षण गर्दा अस्पतालका नर्सिङ स्टापसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको रोल्पा अस्पतालका सुचना अधिकारी कुल बहादुर डाँगीले जानकारी दिनुभयो । हाल रोल्पामा कारोना भाइरसका सकिृय संक्रमितको संख्या ४३ जना पुगेको छ । आज थपिएका १ जनासहित अस्पतालका १३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कर्मचारीमा संक्रमण भएपछि सेवाप्रवाहमा समस्या भएको अस्पतालले बताएको छ । संक्रमित मध्ये १ जना रोल्पा अस्पतालको आइसोलेसनमा रहेका छन् भने ४२ जना होम आइसोलेशनमा रहेका अस्पतालले जनाएको छ ।
जिल्लामा कोरोनाको लक्षणसंग मिल्दोजुल्दो बिरामिहरुको संख्या बढेको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका बिरामीले परिण नगर्दा कोराना झन् फैलन सक्ने सम्भावना भएको अस्पतालका सुचना अधिकारी कुल बहादुर डाँगीले बताउनुभयो । अस्पतालको कर्मचारीहरु संक्रमित भएका कारण अत्यआवश्यक नपरि अस्पता नआउन अस्पतालले अुरोध गरेको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गए पनि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अहिलेसम्म कुनै ठोस योजना नै बनाएको छैन् । स्थानीय प्रशासनले कोरोनाविरुद्ध सचेतना फैलाउन र रोल्पा प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्ने तयारी गरिएको जनाएको छ । सरकारले विद्यालय बन्द गर्न आह्वान गरेअनुसार हेहि स्थानीय तहले विद्यालय बन्द गरेका छन् । केहीले भने विद्यालय खुलाउन निर्णय गरेका छन् ।
यस्तै रोल्पामा हालसम्म २ लाख ५६ हजार ८ सय ८४ जनाले कोरोनाबिद्धको खोप लगाएका छन् । जस मध्य १ लाख ४७ हजार ८ सय ८० जनाले पहिलो मात्रा खोप लगाएका छन् । त्यस्तै १ लाख ९ हजार ४ सय जनाले खोपको दोस्रो मात्रा अर्थात पुरा डोज खोप लगायका छन् ।