२०८० चैत्र १६ गते शुक्रवार

आज सातौँ राष्ट्रिय योग दिवस




माघ ०१
आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।

दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने रहेको छ । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो समय योग र ध्यानमा आकर्षण बढ्दो छ । दिवसका अवसरमा यसपालि भर्चुअल माध्यमबाट कार्यक्रम हुँदैछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डाक्टर श्यामबाबु यादवले कोरोना भाइरसको जोखिमका कारण भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार