२०८१ बैशाख ९ गते आइतवार

अढाई सय नायब सुब्बाका लागि लोकसेवा आयोगले माग्यो दरखास्त




पुस २८
लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको पदको लागि दरखास्त माग गरेको हो ।दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने छ।
दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार