दाङको तुलसीपुरमा इनिसा बिकलाई न्याय दिलाउन युवाहरूले विरोध प्रदर्शन गरेका छन्। आज आयोजित कार्यक्रममा जेन्जी नगर संयोजकसहित विभिन्न युवा समूहका प्रतिनिधिहरू सडकमा उत्रिएका थिए
प्रदर्शनका क्रममा सहभागीहरूले “इनिसालाई न्याय दे” भन्ने नारासहित दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए। सहभागी युवाहरूले पीडितले न्याय नपाए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका थिए
कार्यक्रम जेन्जी नगर अध्यक्ष जनक खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वतन्त्र डिजिटल पत्रकार संघका अध्यक्ष शंकर भुसाल, राम योगी, किरण लामिछाने, सामाजिक अभियन्ता सन्दीप गौतम, जेन्जि नगर उपसंयोजक मिनराज ओली, रञ्जना कामी, युवा भूपेन्द्र न्यौपाने, मुना बिक तथा स्वतन्त्र डिजिटल पत्रकार संघका उपाध्यक्ष तथा “वास्तविक खबर”का सञ्चालक अशोक शर्मा लगायतले इनिसा बिकलाई तत्काल न्याय दिनुपर्ने माग राखेका थिए।
कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो। उपस्थित जेन्जी युवाहरूले इनिसा बिक प्रकरणमा सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन्। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
“”








