तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा रहेको नरसिंह गुफा संरक्षण समितिको साधारणसभा शनिबार राम्रीमा सम्पन्न भएको छ। समितिका अध्यक्ष खोमलाल पुनको अध्यक्षता तथा तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडा सदस्यहरू कर्णबहादुर बुढा, राजेन्द्र गुरुङ, पत्रकार भुवन थापालगायतले मन्तव्य राख्नुभएको थियो। सो अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
सभाले समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। अध्यक्षमा बुद्धसिंह रास्कोटी, उपाध्यक्षमा रविबहादुर बुढा, सचिवमा बिमला खड्का, सहसचिवमा रमित पुन र कोषाध्यक्षमा पोषण सिजाली थापा चयन हुनुभएको छ। यस्तै, प्रेस संयोजकको जिम्मेवारी पत्रकार शंकर भुसाललाई दिइएको छ।
समितिका सदस्यहरूमा भिखु ओली, रामकली पुन, चुडामणि सापकोटा र हिउँपी ओली रहनुभएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ।
कार्यक्रमको सहजीकरण दीपक राणाले गर्नुभएको थियो।









