२०८२ चैत्र ३० गते मङ्गलवार

नमुना युवा समाज क्यालिफोर्निया सदस्यद्वारा क्यान्सर पीडितलाई सहयोग



तुल्सीपुर–३, रानागाउँका क्यान्सर पीडित नारायण नेपाली जीवन–मृत्युको कठोर संघर्षमा छन्। लामो समयदेखि उपचाररत उहाँको परिवार बढ्दो उपचार खर्चका कारण आर्थिक रूपमा पूर्ण रूपमा कमजोर बनेको छ।
यही कठिन परिस्थितिमा तुल्सीपुर–३, हरेबास निवासी सनि थापाले आफ्नो जन्मदिनलाई व्यक्तिगत खुशीको रूपमा होइन, सहयोग र मानवताको अवसरका रूपमा मनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
नमुना युवा समाज क्यालिफोर्निया, अमेरिका सदस्य समेत रहेका सनि थापा र अमेरिकामा बस्ने नेपालीहरूको संयुक्त टिमले नारायण नेपालीको उपचारका लागि १ लाख ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
यस सहयोगले केही राहत पुगे पनि उपचारका लागि अझै ठूलो आर्थिक आवश्यकता रहेको परिवारले जनाएको छ। क्यान्सरजस्तो जटिल रोगसँग संघर्षरत नारायण नेपालीका लागि थप सहयोगको आवश्यकता अझै अत्यन्तै जरुरी रहेको छ।
सहयोग गर्ने सम्पूर्ण टिमप्रति कृतज्ञता व्यक्त गर्दै पीडित परिवारले धन्यवाद ज्ञापन गरेका छन्। यस्तो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा र नयाँ ऊर्जा दिन सक्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते शुक्रवार