दशैं तिहार विशेष गीत ‘नमरी बाचे कालैले साचे’ सार्वजनिक
विजयादशमी र तिहार नजिकिँदै गर्दा मौलिक लोक तथा आधुनिक शैलीका गीतहरू सार्वजनिक हुने क्रम बढिरहेको छ। यसै क्रममा गायक रेशम परियार र गायिका धर्तिमा थापाकाे स्वरमा नयाँ गीत ‘नमरी बाचे कालैले साचे’ सार्वजनिक भएको छ।
गीतमा बुद्धि कुमार परियार/प्रेम विबश वली शब्द रहेको छ भने संगीत स्वयं गायक रेशम परियार/धर्तिमा थापा मगर रहेको छ। यसलाई हेमराज डाँगीले एरेन्ज गर्नुका साथै मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतको निर्देशन प्रेम बिबास ओलीले गरेका हुन्। भिडियोमा प्रेम बिबश ओली र अमृता राना मगरले अभिनय गरेका छन्। भिडियो छायांकन गोविन्द महताराले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन राजेश कुमारले गरेका छन्।
महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीत रेशम परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको केही समयमै गीतलाई दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।
कलाकारहरूको भनाइमा, गीतले दशैं–तिहारको पारिवारिक आत्मीयता र मौलिक संस्कृतिलाई जीवन्त बनाउने उद्देश्य राखेको छ।
भिडियो click








