२०८२ माघ १३ गते मङ्गलवार

पत्रकार पारस भट्टराईले आफ्नो जन्मदिनमा ४५ महिला तथा बालबालिकालाई खाना खुवाएर मनाए



मसिर ०३

कैलाली — गोदावरी–२ अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसमा पत्रकार पारस भट्टराईले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्दै विशेष रुपमा मनाएका छन्। सामान्यतया महँगो खर्च भोजभतेर गरेर जन्मदिन मनाउने चलनबीच भट्टराईले  बालबालिकासँग खुशी  बाँडेर मनाएका छन्

समाजसेवामा निरन्तर सक्रिय रहेका भट्टराईले सेभ हाउसमा बसोबास गर्दै आएका ४५ जना महिला तथा बालबालिकालाई आफूले नै पकाएको मीठो भोजन गराएका छन

सेभ हाउसका बालबालिका र महिलाहरूले भट्टराईको मानवीय भावना, उदार सहयोग र निरन्तर सामाजिक योगदानप्रति कृतज्ञता व्यक्त गर्दै हार्दिक शुभकामना समेत दिएका छन ।

सेभ हाउसका सञ्चालकले भने,

“गरिब, अभावग्रस्त र कठिन परिस्थितिमा रहेका बालबालिकाप्रति यति ठूलो मनले सहयोग गर्ने पत्रकार पारस भट्टराई साँच्चिकै प्रेरणादायी पात्र हुन्।”

पछिल्ला केही वर्षयता भट्टराईले पत्रकारितासँगै विपन्न, गरिब र संकटग्रस्त परिवारहरूका लागि निरन्तर सेवा पुर्‍याउँदै आएका छन्। विशेष गरी अभावमा परेका दिदीबहिनीहरूको उद्धार, उपचार र पुनर्जीवनमा उनले गरेको योगदान उल्लेखनीय मानिन्छ।

भट्टराईले भने,

“जन्मदिनमा फजुल खर्च गर्नु भन्दा समाजका आवश्यकता भएकालाई सहयोग गर्न पाउँदा नै खुशी मिल्ने समेत बताउनुभएको छ

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार