नेपाल तरुण दल दाङ जिल्ला कार्यसमिति ले आगामी फाल्गुण २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तरुण परिचालन समिति संयोजकमा जि.वि. जिएमलाई नियुक्त गरेको छ।
आज बसेको जिल्ला कार्यसमितिको बैठकले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरी लाई अत्यधिक मतका साथ विजयी गराउने उद्देश्यले निर्वाचन अभियानलाई थप प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाउने निर्णय गरेको हो।
सोही निर्णयअनुसार तुलसीपुर उप–महानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण १९ वडामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, स्थानीय तहमा कार्यकर्ता परिचालन, निर्वाचन अभियान सञ्चालन तथा विभिन्न निकायबीच आवश्यक समन्वयलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ निवासी सक्रिय तरुण युवा जि.वि. जिएमलाई प्रदान गरिएको हो।
नवनियुक्त संयोजक जि.वि. जिएमले पार्टीको नीति, निर्देशन तथा निर्वाचन अभियानको मर्मअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुने विश्वास लिइएको छ। साथै, यस अभियानलाई सफल बनाउन सम्पूर्ण सम्बन्धित निकाय, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबाट आवश्यक सहयोग, सहकार्य र समन्वय प्राप्त हुने अपेक्षा गरिएको छ।








