२०८३ बैशाख १६ गते बिहिवार

रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृ:त्यु



थवाङ गाउँपालिका–१ स्थित जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरबाट खसेको प्रहरीले जनाएको छ।
वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेका यात्रु सवार जिप दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरीद्वारा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बिहिवार