२०८० असोज ६ गते शनिवार

बढ्न थाल्यो कोरोना सङ्क्रमण




पुस २१
नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार दुई सय ६७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव २३ प्रतिशत अर्थात् चार सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १३ हजार एक सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार