२०८१ चैत्र ७ गते शनिवार

होसियार जाडोमा बाथले बढी सताउन सक्छ :यस्ता छ्न लक्षणहरु



मङ्सिर २८
जाडाेको मौसममा धेरैलाई हातखुट्टा दुख्ने समस्याले सताउने गर्छ ।

हातखुट्टा दुख्न थालेमा धेरैजसोले यसलाई बाथ रोग भएको सोच्ने गर्छन् तर, हातखुट्टा दुख्नु मात्रै भनेको बाथ रोग वा बाथ रोगको लक्षण होइन । एक सयभन्दा बढी प्रकारका बाथ रोग हुन्छन् र, सबै प्रकारका बाथका लक्षण एउटै हुँदैनन् ।
जाडो महिना आउँदा बाथ रोगले अलि बढी सताउने गरेको डाक्टरहरु बताउँछन् ।

डाक्टरका अनुसार बाथ रोगको समस्या भएका मानिसमा शरीरको गाँठागुँठी तथा जोर्नीहरू दुख्ने, सुन्निने, अररो हुने (विशेषगरी बिहान उठ्दा), दिनभरि काम गरेपछि हल्का रिल्याक्स भएको जस्तो महसुस हुने हुन्छ । १५ देखि ४५ वर्षका उमेरका महिलामा गठिया बाथ र सोही उमेर समूहका पुरुषमा ढाडसम्बन्धी बाथ रोग बढी देखिन्छ ।

डाक्टरका अनुसार महिलामा हुने गठिया बाथमा हात तथा खुट्टाका जोर्नीहरू दुख्ने, औँला, नाडीका जोर्नीहरू सुन्निने, बिहान उठ्दा अररो हुने, मुठ्ठी कस्न नमिल्ने, केही काम वा हिँडडुल गर्दै गएपछि जिउ तात्दै गएर जोर्नीहरू खुल्दै गएको महसुस हुने हुन्छ ।दिउँसो भएपछि अलिकति सामान्य जस्तो हुने भए पनि राति रेस्ट गरेर उठेपछि फेरि समस्याहरू पुन दोहोरिने डाक्टरहरु बताउँछन् ।

त्यस्तै पुरुषमा हुने बाथ रोगका लक्षण महिलाका तुलनामा केही फरक रहेको छ । पुरुषमा हुने बाथमा राति सुतिरहेकै बेलामा ढाड अररो हुने, दुखे जस्तो हुन्छ । उठेपछि अगाडि निहुरिन नमिल्ने, जोर्नीहरू कडा हुँदै जाने, गर्दन नहल्लिने, ढाडबाट निहुरेर काम गर्न नमिल्ने जस्ता लक्षण दखिन्छ ।

यसबाहेक युरिक एसिड बढेर हुने बाथ रोगमा खुट्टाको गोलीगाँठोको जोर्नी दुख्ने र सुन्निने तथा शरीरका विभिन्न जोर्नीहरूमा पनि असर हुने उनको भनाइ छ । साथै, जोर्नीहरू दुख्ने, पहिला एउटा जोर्नी दुख्ने, फेरि सरेर अर्को जोर्नीमा दुख्ने, सुन्निने, खुट्टा चलाउन नमिल्ने, जोर्नीमा तातो हुने बच्चामा देखिने बाथका केही लक्षण हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार