अमृत वलि
रोल्पा
त्रिवेणी गाउँपालिका रोल्पाको पाँचौ वडाको रुप ७ नम्बर वडालाई मङ्गलवार बालश्रम मुक्त वडा घोषणा गरिएको छ । “समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” को नारालाई आत्मसाथ गर्दै निस्किएको बाजा गाजा सहितको बजार परिक्रमा र्यालीमा त्रिवेणी गाउँपालिका का अध्यक्ष शान्त कुमार वली , उपाध्यक्ष सावित्रा वुढा घर्ती , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा नं ७ का वडा अध्यक्ष भान बहादुर घर्ती , वडा सचिव जित कुमारी वली , जिल्ला समन्वय समिति रोल्पाका सदस्य मान बहादुर केसी , त्रिवेणी गाउँपालिका सल्लाहकार कर्ण बाँठा , सामुदायिक रेडियो पल्लवीका साहयक प्रशासन प्रमुख अमृत वली , गोविन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक नर बहादुर वली , विरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बरमान वुढा , बाल कल्याण नमुना आधारभुत विद्यालयका प्रधानाध्यापक मजित घर्ती , नेपाल शिक्षक महासघं त्रिवेणी गाउँपालिका अध्यक्ष पुर्ण बहादुर घर्ती , प्रहरी चौकी नुवागाँउका प्रहरी साहयक निरिकक्ष बसन्त बहादुर डागी , शसस्त्र प्रहरी वेश क्याम्प तिलाका इन्चार्ज नारायण सेढाई , ७ नम्बर वडाका सम्पूर्ण विद्यालयका प्र.अ , वडा सदस्य, गाउपालिका तथा वडाका कर्मचारी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , सामुदायिक वन महासंघ , विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, वाल कल्व , युवा कल्व , बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह , आमा समुह तथा सम्पूर्ण सरोकार वालाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति तथा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले त्रिवेणी गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गर्ने अभियानमा आफुहरु तप्पर रहेको र अब निकट भविष्यमै लुम्बिनी प्रदेशकै पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा हुने कुरामा दाबी समेत गर्नुभएको छ। कार्यक्रममा नव निर्मित वडा कार्यालयको भवनको उत्घाटनका साथै विभिन्न टोलको पैसरु नाच , बाघचाल नाच , बिद्यालयका विद्यार्थीको मार्चपास , नृत्य , गित गजल पनि प्रस्तुत गरिएको थियो ।। त्रिवेणी गाउँपालिका ७ नम्बर वडा सदस्य खेम बावु राजा डिसीको स्वागत मन्त्वबाट सुरुभएको कार्यक्रमको सञ्चालन वडा सचिव जित कुमार वलीले गर्नु भएको थियो ।