कार्तिक ११ ।
मोतियाबिन्दुले मुटु रोगहरूको जोखिम बढाउने अध्ययनले देखाएको छ । अस्ट्रेलियाको सेन्टर फर आई रिसर्चले गरेको अध्ययनमा मोतियाबिन्दुले हृदयघात र स्ट्रोकको जोखिम बढाउने देखिएको हो ।
मोतिबिन्दुको मुटुसँग सम्बन्ध भेटिएको अनुसन्धानकर्ता डाक्टर म्याथ्यु गोर्स्की बताउँछन् । अनुसन्धानको परिणामअनुसार बिरामीहरूले विशेषगरी वृद्ध वा कुनै प्रकारको रोग भएकाले समय-समयमा आफ्नो आँखा जाँच गराउनुपर्ने सुझाव दिएको छ ।
मोतिबिन्दुले शरीर कति स्वस्थ हुनुहुन्छ भन्ने सङ्केत दिन्छ । सन् १९९९ देखि २००८ सम्म ४० वर्ष वा सोभन्दा बढी उमेरका १५ हजार अमेरिकी बिरामीहरूमा अनुसन्धान गरिएको थियो । त्यसमध्ये दुई हजार बिरामीले मोतियाबिन्दुको शल्यक्रिया गरेका थिए । अध्ययनको क्रममा मोतियाबिन्दु भएका बिरामीमा अन्य कारणबाट मृत्यु हुने जोखिम १३ प्रतिशत रहेको देखिएको छ ।
त्यसैगरी, मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीमा मुटुसम्बन्धी रोगबाट मृत्यु हुने जोखिम ३६ प्रतिशतसम्म बढी थियो । डा. म्याथ्युजका अनुसार उच्च तनाव र डिप्रेसनमा बस्ने मानिसमा मोतियाबिन्दु हुने जोखिम बढेको छ । मोतियाबिन्दुका कारण धमनीहरू पातलो हुने भएकाले मुटुसम्बन्धी रोग लाग्ने खतरा रहन्छ ।