
कार्तिक १०।
विगत २४ घण्टामा देशभर ६ सय ७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार चार सय ९५ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा चार सय ९५ जना कोरोनामुक्त भएका छन् भने आठ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार तीन सय ८० रहेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार