२०८१ माघ २४ गते शुक्रवार

खाली पेटमा केही दिन खानुहोस् ल्वाङको पानी, यस्ता छन् फाईदा



भाद्र १९।
भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बान्ता हुने, पेटको समस्या, तनाव, पार्किन्सन, जिउ दुख्नेलगायतका समस्यामा लाभदायक हुने बताएका छन् ।

ल्वाङको पानी कसरी बनाउने ?

यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा राती सुत्नु अघि भिजाउनुहोस्, यसको सेवनपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् ।

कहिले पिउने ?

बिहान उठेर यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् ।

यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ ।

ल्वाङको पानी खानुका फाइदा

तनावलाई टाढा राख्छ जसका कारण डिप्रेशन र निन्द्राको समस्यामा लाभदायक हुन्छ ।

यसले नशालाई शान्त बनाउँछ त्यसकारण पार्किन्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ ।

पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बान्ता हुने, मर्निङ सिकनेस र मोशन सिकनेसमा फाइदाजनक छ ।

शिघ्रपतनको समस्यालाई यसले ठिक गर्छ ।

घाँटीको समस्याको यो अचूक औषधी हो ।

दाँतमा हुने सिरिङ्ग र पीडालाई यसले ठिक गर्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत दिलाउँछ । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार