२०८० फाल्गुन ९ गते बुधवार

दोषी लाई पक्राउ नगरिएको भन्दै स्वास्थकर्मी आन्दोलनमा:इमरजेन्सीबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिने



भाद्र १२ दाङ ।
हिजो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको दुव्र्यवहार को बिरोधमा भोलि भदौ १३ गतेदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने भएको छ ।

नेपाल चिकित्सक संघ दाङ शाखाले आज एक विज्ञप्ति जारी गरी प्रशासन ले दोषी लाई पक्राउ गर्न नसकेको र पक्राउ गर्न चासो नदेखाएको ले दबाब को लागि यस्तो गर्न थालिएको जानकारी गराएको हो । संघले विज्ञप्ति जारी गरी सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार