२०८१ असोज २७ गते सोमवार

कतै महिनावारी गडबडि ले बाझोपन त निम्त्याउदैन?कसरी पाउँने छुटकारा ?



दाङ श्रावण १४- सामान्यतय महिनावारी किशोरावस्थामा सुरु हुन्छ । धेरैजसो महिलाहरु शुरुवाती दिन देखि नै महिनावारीमा विभिन्न खाले समस्या भोगि रहेका हुन्छन् भने कोहि महिलाले प्रजनन उमेरको कुनै एक समयमा महिनावारी गडबडिको समस्या भोगेकै हुन्छन् ।
महिनावारी गडबडि भन्ने बित्तिकै उमेर समुह अनुसार विभाजन गर्नुपर्ने हुन्छ । जस अनुसार गडबडि हुने कारणहरु भिन्न भिन्नै छन् ।महिनावारी भएको सुरुवाती चरणसमान्यतया धेरैजसो महिलाहरुको १३ बर्षमा महिनावारी सुरु हुन्छ । तर महिनावारी भएको केहि बर्षसम्म महिनावारी नियमित नहुने विभिन्न कारणमध्ये हर्मोनहरु असन्तुलन हुनु प्रमुख कारण हो । महिनावारी हुने हर्मोन दिमागबाट उत्पन्न हुन्छ । दिमाग देखि महिनावारी हुने ठाउँसम्म एक बाटो हुन्छ । कलिलो उमेरमा त्यो बाटो पनि कलिलो नै हुन्छ । त्यसैले महिनावारीमा गढबडि आउने गर्दछ । तर अन्य केहि समस्याबारे शंका उत्पन्न भएमा बिशेषसँग हर्मोन र रगत परिक्षण गराउनुपर्छ । कुनै समस्या पत्ता नलागे आतिनु पर्दैन ।
विवाहित महिला वा बच्चा नजन्माइसकेका महिलामा पनि महिनावारी गढवडि एक प्रमुख समस्याको रुपमा देखापरेको छ । यि महिलाहरुमा पनि हर्मोन सन्तुलित हुदा महिनावारी गडबडि हुने गर्दछ । हर्मोनल असन्तुलन थाइरोइडको समस्या र डिम्बाशयमा राम्रोसँग अण्डा नबनेका (पोलिसिस्टिक ओभरीयन डिजिज वा सिन्ड्रोम) कारण हुनसक्छ । डिम्बाशयमा राम्रोसँग अण्डा नबनेमा महिनावारी भएको १४ दिन पछि निस्कनुपर्ने अण्डा (ओभलुसन) निस्कदैन । त्यसपछि विभिन्न मसिनो अण्डा बनेर बस्ने भएकाले महिनावारी समयमा नहुने र बाझोपना हुने गर्दछ ।महिनावारी सुक्नु अघिको समयउमेर बढिसकेपछि पनि महिनावारी गडबडि भएमा हर्मोन परिक्षण लगायत पाठेघर वा डिम्बाशयमा ट्युमर छ कि भनेर परिक्षण गर्नुपर्छ । त्यसपछि मात्र समस्या पत्ता लगाउन सकिन्छ ।
कस्तो महिनावारीलाई सामान्य नमान्ने ??
२१ दिनभन्दा कम समय र ३५ दिन भन्दा माथी महिनावारी भएमा त्यसलाई महिनावारी गडबडि भएको मानिन्छ । साथै एक पटक महिनावारी हुदाँ लगभग ४० एम.एल रगत बग्छ ।दिनमा ४ ओटा प्याड भन्दा धेरै परिर्बतन गनुपर्ने।रगत चोक्टा चोक्टा भएर गएमा महिनावारी समयमा भएपनि ७ दिन भन्दा माथी रगत बगिरहेमामहिनावारी समयमा भएर केहि थोपा मात्र देखा परेमा रगत खुल्ला भएर नगएमा कालो ढिक्का वा बढि चोक्टा गएमा पेट बेस्सरी दुख्नु ।
:परिवार नियोजनको अस्थाई साधनले महिनावारीमा पार्ने प्रभाव-
परिवार नियोजनको अस्थाई साधनमध्ये कपर टि, नरप्लान्ट र डिपो सुईले महिनावारी गढबडि गराउँछ । यि साधनहरुको सकारात्मक सँगै नकारात्मक असरहरु पनि छन् ।डिपो सुइ लगाउँदा असामान्य रुपमा लामो समय रगत बग्ने समस्या उत्पन्न हुन सक्छ । जसमा कारण रक्तअल्पता हुनसक्छ ।डिपोले मोटोपना गराउँछ । त्यसैले तौल नियन्त्रणमा भएका र परिवार पुर्ण भएका महिलाहरुले डिपो सुई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
कसरि पाउँने छुटकारा ?
जुन महिलाको सुरुवाती चरण देखि नै महिनावारी गडबडि भएमा हर्मोन चक्कि खानुपर्ने सकिन्छ ।
बिशेषगरी थाइरोइड समस्या र पोलीसिस्टिक ओभरीयन सिंड्रोम (पिसिओएस्) भएका महिलाहरुको पनि समयमा महिनावारी हुदैँन । त्यसमा हर्मौनको प्रयोगले महिनावारीलाई नियमित गराउन सकिन्छ ।
विवाहित महिलाहरुमा समयमा नै नियमित महिनावारी नभए बाझोपनाको समस्या हुनसक्छ । समयमा महिनावारी नभए समयमा ओभलुसन वा डिम्बाशयबाट अण्डा निस्कदैन ।
महिनावारीको सुरुवाती चरणमा गडबडि भए हतारिनु पर्दैन । कलिलो उमेरमा कलिलो बाटो हुने भएकाले महिनावारी गडबडि हुन्छ । यदि परिक्षण गराउँदा केहि समस्या देखिएन भने हतारिएर जथाभावि औषधि खानु हुदैन । उनिहरुलाई स्वस्थ्यकर र सन्तुलित खानेकुरा दिनुपर्छ । अहिलेको बदलिलो खानपान र जंग फुडले पनि महिनावारीमा गडबडि गराई रहेको छ । साथै बढि तनाव लिने महिलामा पनि यस्ता समस्या देखिन्छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार