दाङ श्रावण १३-
धेरैजसो महिलाहरूमा योनीबाट सेतो पानी बग्ने समस्या हुने गरेको पाइन्छ ।
स्वास्थ्यसम्ब्न्धी ज्ञान पर्याप्त नपुेगको कारण, यौन स्वास्थ्यको विषयमा खुलेर बोल्न लजाएको कारण समस्या जटिल नभएसम्म लुकाएर राख्ने गरेको पाइन्छ । प्रजनन उमेरका महिलामा सामान्य सेतो पानी बग्नु स्वभाविक हो । तर, कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य नहुनपनि सक्छ।
स्त्री रोग विशेषज्ञ का अनुसार महिनावारी सुरु हुने समयअगाडि वा सकिसकेको केही दिनपछि अलिअलि सेतो पानी बग्ने समस्यालाई सामान्य मान्न सकिन्छ । तर, कसैमा एकदमै धेरै मात्रामा, फोहोर, बाक्लो, गनाउने सेतो पानी वा रगतसँग मिसिएको पानी बगिरेहमा यसलाई सामान्य मान्न नसकिने उनको भनाइ छ । यसबाहेक पूरै महिनाभरि सेतो पानी बगिरहेमा वा योनी चिलाउने, दुख्ने भएमा पनि सामान्य मान्न सकिँदैन ।
सेतो पानी बग्ने समस्या सामान्य, योनीमा सङ्क्रमण भएर वा अन्य विभिन्न कारणले पनि हुनसक्छ । सेतो पानी बग्ने समस्या पाठेघरको मुखको क्यान्सरको लक्षण वा प्रिम्यालिग्नेन्ट स्टेज (क्यान्सर हुनुभन्दा अगाडिको चरण) मा देखिने लक्षण पनि हुनसक्ने विशेषज्ञहरु बताउछ्न।
‘धेरै महिलाहरू सेतो पानी बग्ने समस्या भए पनि लजाएर, डराएर रोग लुकाउने वा समस्यालाई सामान्य सोची बेवास्ता गरिरहेका हुन्छन्,’ पानी बग्ने समस्या के कारणले भएको हो, पत्ता लगाएर सही उपचारका लागि स्त्री रोग विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ ।’