२०८२ बैशाख ७ गते सोमवार

सल्यानबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।



महोत्तरीको सोन्मा गाउँपालिका १ घर भई सल्यान खलंगा बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बिहिबार हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
साउन ४ गते जिल्ला अस्पताल सल्यानमा सुत्केरी भएकी उनको स्वास्थ अवस्था जटिल बन्दै गएपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको अस्पतालका डाक्टर भीमकान्त जैशीले बताए ।
जोखिममा गरेको गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्दार कार्यक्रम मार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको हो
उनलाई अप्रेसन गरेर बच्चा निकालिएको थियो । अहिले अक्सिजनको मात्रा कमि भएको र हातखुट्टा सुनिने समस्या भएको डाक्टर जैशीले बताए ।
श्रीमान लुहापिङ स्कुलमा अध्यापन गराउने भएकले उनी पनि श्रीमान् सँगै सल्यान बस्दै आएकी थिईन् ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार