२०८२ बैशाख ५ गते शनिवार

खोप केन्द्र मा खोप सकिदा नागरिक लाई सास्ती



तुलसीपुर, ४ साउन । दाङका विभिन्न स्थानमा कोरोना खोप सकिदा नागरिकले खोप लगाउन पाएका छैनन । कोरोना विरुद्धको खोप अभियानको सोमवार दोस्रो दिन खोप केन्द्रमा पुगेका कतिपय नागरिकहरु खोप लगाउन नपाएर घर फर्किन बाध्य भएका छन् । जिल्लाको तुलसीपुर, शान्तिनगर लगाएतका ठाउँमा खोप सकिदा नागरिकहरु निराश हुदै घर फर्किन बाध्य भएका छन् ।
आईतवार देखी लगाउन थालिएको कोरोना भाईरस संक्रमण विरुद्धको भेरोसेल खोप सोमवार विहान देखी खोप केन्द्रमा खोप सकिएपछि कतिपय नागरिकले खोप लगाउन पाएका छैनन । खोप सकिएपनि थप खोप आउँछ भन्दै पर्खेर बसेका नागरिकहरु खोप नपाएर साझ घर फर्किका छन् । घण्टौ समय लाईनमा बस्दा पनि खोप नआएपछि उनीहरु घर फर्किन बाध्य भएका छन् । विशेषगरी दुरदराजबाट घण्टौ समय लगाएर खोप लगाउन आएका नागरिकले सास्ती पाएका हुन। दिन भरि कुरेर बस्दा पनि खोप नपाउदा नागरिकमा आक्रोसित भएका हुन।एता


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप भेरोसेल खोप आएपनि वितरण प्रणालीमा अनियमितता भएको भन्दै जनप्रतिनिधिहरुले स्वास्थ्यकर्मी माथी आक्रोस पोखेका छन् । उनीहरुले स्वास्थ्यकर्मीको ढिलासुस्ती,लापरवाही हुनुको साथै वितरण प्रणालीमा अनियमिता गरेको आरोप लगाएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रत्येक वडामा संचालित खोप केन्द्रमा नागरिकहरु घण्टौ समय बस्दा पनि खोप लगाउन नपाएको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका थिए ।यता स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाही संग खोप बारे प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैैैन।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार