२०७९ मङ्सिर २१ गते बुधवार

कलाकार पल्पसा डंगोल ( चम्सुरी )को दुवै किड्नीले काम नगरेपछि अस्पताल भर्ना




हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको हाम्रो अनलाइन जानकारी दिइन् ।

उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हाे
उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छ

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् । उनकै निर्देशन अभिनय रहेको सिआइडी सिरियल ‘दृष्टि’ समेत दर्शकले रुचाएका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार