२०८३ साउन १६ गते आइतवार

मनका धनी उपेन्द्र भन्छ्न:गरिबिले कोहि भोकै बस्न नपरोस




डिल्लीराज भुसाल
असोज २५,दाङ।
नेपालीमा एउटा उखान छ “दसैं आयो खाउँला पिउँला, कहाँ पाउला ,चोरी ल्याउँला ,धत्त पापी छुट्टै बसुला”।

दशै भन्दा साथ मीठोमसिनो खाने पर्वको रुपमा लिने गरिन्छ। केहि मिठो मसिनो खाने पर्वको बेलामा आफुसँग केही नहुँदा ती गरिब जनताहरुले के कसरी दशै मनाउला भन्ने पिर रहने गर्दछ। सबैको घरमा मीठोमसिनो पाकेको र सबैले नयाँ कपडाहरु लगाउँदा ति गरिब दीन दुःखी हरूको मनमा कस्तो बित्ला के तपाई हामीले कल्पना गरेका छौं?

सबैको घरमा बडा दशैंले भित्री सकेको छ हामी सबैलाई के खाने के लाउने कस्तो लगाउने भन्नेमा चिन्ता परिरहेको बेलामा तुलसीपुर महानगरपालिका वडा नं ७ का उपेन्द्र पौडेल लाई आफ्नो घरपरिवारको चिन्ता को मतलब छैन समाजमा खान नपाएका दीनदुःखी अशक्त असाहयहरुको दशैं खल्लो नहोस् भने ती व्यक्तिहरूको दशैलाई महाउत्सवको रुपमा मनाउन को लागि खाद्यान्नको चरम अभावलाई न्यूनिकरण गर्नको निमित्त अहिले दिनरात खटिरहनु भएको छ।
आफ्नो लागि त जसले पनि सोच्ने गर्दछ अरूको खुशी र अरूको लागि सोच्ने व्यक्तिमा महान होभन्ने विचारका धनी उपेन्द्र पौडेलले तुलसीपुर उपमहानगरपालिका वार्ड नं ७ पर्सेनि मा खाद्यन्नको सहज वितरण गर्नको लागि गोदामको स्थापना गर्नुभएको छ। उहाँलाई बिहानदेखि साँझसम्म समाजमा दिन दुखी गरिव असाहाय अशक्तहरूको नामावली संकलन गर्न र ती व्यक्तिहरुलाई कसरी खाद्यान्न वितरण गर्न सकिन्छ र कसरी दसैलाई खुसी रुपमा मनाउन सहयोग गर्न सकिन्छ भन्ने चटारो रहेको छ।


विगतमा विदेशमा रहँदा पनि विदेशबाट नै दाङ लगायत विभिन्न जिल्लाहरुमा दुःखमा , प्राकृतिक प्रकोपमा परेका दिनदुखी लाई विदेशबाट ने सहयोग वितरण गरिरहनुभएको थियो सो क्रमलाई उहाँ नेपाल आइसकेपछि दाङ को तुलसीपुर ७पर्सेनी मा खाद्यान्नको गोदाम स्थापना गरेर दीनदुःखी लाई सहयोग गरीरहनुभएको छ। उहाँ बताउनुहुन्छ” मानव भएर जन्मिसकेपछि आफ्नो लागि मात्र होइन समाज र देशका लागि पनि सोच्नु पर्दछ”। यही भनाइबाट प्रभावित भएर म पनि यो कार्यमा आबद्ध भएको उहाँ बताउनुहुन्छ।


दशैंको सम्मुखमा उहाँले २५ जना व्यक्तिहरुलाई चामल, दाल, नुन र तेल प्रदान गर्नुभएको छ। मेरो अभियानले सबैलाई खान त पुग्दैन तर समाजमा कसैको चाडपर्व खल्लो नहोस् भनी यो अभियान चलाएको हो उहाँ बताउनुहुन्छ।


हाम्रो सानो सहयोगले कसैको मनमा हाँसो उमंग र खुसी छाउछ भने हामी किन सहयोग गर्न नजुट्ने उहाँ बताउनुहुन्छ। यो सबै प्रयास र सहयोग मेरो व्यक्तिगत लगानीबाट सञ्चालन गरेको छु , मेरा पनि केही सीमित सीमाहरु हुन्छन् यसैलाई नै चरम उपयोग गरेर मैले गरिब दीन दुःखी हरुकाे सेवामा दिनरात खट्ने छु उहाँ बताउनुहुन्छ। यदि कुनै व्यक्तिहरुलाई हातमुख जोड्ने समस्या रहेको छ भने तुल्सिपुर ७ पर्सेनि स्थित उहाँको खाद्यान्न सहयोग गोदाम बाट सहयोग लिन सक्नुहुन्छ।

यदि समाजमा यस्तै दुईचारवटा उपेन्द्र पौडेल जस्ता व्यक्तिहरु हुनेभए दीनदुःखी हरूको चाड्पर्ब चरम गरिविले आँशु वगाएर भाेकै वस्न नपरि परिवार सहित वसेर मिठाे मसिनाे हाँसिखुशि मनाउन सकिन्थ्यो कि? मानविय धर्मका लागि उपेन्द्र पौडेल लाई धन्यवाद ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार