राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा आज सम्पन्न वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनमार्फत वडा तहमा नयाँ समिति गठन गर्दै पार्टीले संगठन विस्तार, जनसम्पर्क तथा जनमुखी गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण वडा समिति पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
आज सम्पन्न अधिवेशनबाट वडा नं. १ मा दोमकान्त बस्याल, वडा नं. २ मा शोभाराम योगी, वडा नं. ४ मा बासुदेव पोखरेल, वडा नं. ५ मा क्षेत्र प्रविण भण्डारी, वडा नं. ६ मा गोकर्ण तिवारी, वडा नं. ७ मा तिर्थराज पोख्रेल, वडा नं. ८ मा दुर्गा डाँगी, वडा नं. ९ मा अम्मर बुढाथोकी, वडा नं. १० मा ओमबहादुर बस्नेत, वडा नं. ११ मा किरण बस्नेत, वडा नं. १२ मा प्रकाश सिंह ठकुरी, वडा नं. १३ मा सिताराम आचार्य, वडा नं. १४ मा कुसल खड्का, वडा नं. १५ मा दिनेश पौडेल, वडा नं. १६ मा शेरबहादुर डाँगी, वडा नं. १७ मा महेन्द्र बस्नेत, वडा नं. १८ मा शिवराज खत्री तथा वडा नं. १९ मा ज्ञानेन्द्र पोखरेल वडा सभापतिमा निर्वाचित भएका छन् ।
पार्टीले वडा तहदेखि नै संगठनलाई मजबुत बनाउँदै जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित अधिवेशन सम्पन्न गरेको जनाएको छ । नव–निर्वाचित नेतृत्वले सुशासन, पारदर्शिता, जनउत्तरदायित्व तथा स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय स्तरमा रास्वपाप्रति बढ्दो जनआकर्षणका बीच सम्पन्न वडा अधिवेशनले तुलसीपुरमा पार्टीको संगठन विस्तार र राजनीतिक सक्रियतामा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।









