दाङको तुलसीपुरमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा दशरथ ओली निर्वाचित हुनुभएको छ। ओलीले १,६८१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी जितबहादुर खड्काले १,०१२ मत प्राप्त गर्नुभएको छ।
यस्तै, उपाध्यक्ष पदमा मेघराज पाण्डे १,२२७ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी पमलाल भट्टराईले १,१८७ मत प्राप्त गर्नुभएको छ। सचिव पदमा मुक्तिप्रसाद भट्टराई १,१९४ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी मदन हमालले १,१५३ मत प्राप्त गर्नुभएको छ
सह–सचिव पदमा रत्ना केसी १,२५५ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धीले ८९९ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, कोषाध्यक्ष पदमा लालबहादुर ओली १,३१२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी हिरा विकले १,०२५ मत प्राप्त गर्नुभएको छ।
महिला सदस्यतर्फ मिनुका पन्थीले १,०१४ मत र लक्ष्मी केसीले १,०५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। अन्य सदस्यहरूमा इन्द्रजित चौधरी १,२९४ मत र कृष्णबहादुर विक १,३२८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।
तुलसीपुर उपमहानगरपालिका–३, ८ र ९ मा पर्ने अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति चयनका लागि हिजो मतदान सम्पन्न भएको थियो। गएरातिदेखि सुरु भएको मतगणना केहीबेरअघि सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।








