रोशन क्षेत्री/ अनौठो प्रेम अनि ती अधुरा सपनाहरू तितो अथित अनि ती नमिठा सम्झनाहरु याद आउँछ आझैपनि सङ हासी गरेका ती बातहरु झुटा कसम अनि समयसडै छुट्दा रहेछन यी साथहरु अधुरा ती सपना सडै हिड्ने पकडि ती हातहरु छुट्दा रहेछन ।
समय संगै कसम खाइ बनाएका ती साथहरु एक्लो छु आजपनि सम्झना छ सङ हुन गरेका ती पहलहरु टुट्दा रहेछन समय सगै कल्पनाका ती मायाका महलहरु चार दिवार भित्रको म, न प्रकाश छ न मायाको कुनै आभास हारेको म मा अध्यारोलाई चिरी अघि बढ्ने छैन कुनै साहास ती सपनाहरु उडाउदो रहेछ आइ जसरी हुरि अनि बतास जिउदै मरि सके कमि छ त बस मलामी अनि त्यो सेतो कपास सपना प्राप्त गर्ने फेरि ति गुमाएका चिजहरु खोज्छु त्यो गुमाएको चिजलाइ हरेक समय अनि हर घडी कसैले त माया गरेजस्तो गर्छन अनि पहिलाको भन्दा पनि नराम्रो अबश्थामा पुराएर बिस्तारै टाडिन थाल्छन,तिमिबाट टाडिने र नबोल्ने बाहाना खोज्छन र बिस्तारै तिमिलाई ख्वाएर अरूसँग हास्छन्, हिजो राती धेरै नै मन दुख्यो, कुरा गर्न मन लाग्यो र Messenger खोलेको कसैलाई Time छैन, कसैले Reply दिदैन र कसैले message ignore गर्छन् थाहा भयो कहिलेकाहीँ उनिहरुलाई काम पर्दा मात्र सम्झिने रहेछन् मलाई, साँच्चै यस्तो साथिको खोजिमा छु जो मेरो हरेक सुख दुःखमा साथ कहिल्यै छोड्दैन् मन न त हो परिवर्तन भयो होला ।
बोल्न मन नभएकालाई जबर्जस्ती बोलाई रहनु आफ्नो कमजोरी देखाउनु हो, एकोहोरो सास त चल्दैन झन् सम्बन्ध कसरी चल्छ र आँखा भरी आँशु बग्दा पुछिदिने को छ र यहाँ आफ्नो बाहेक अरूको पनि मन दुख्छ भन्नी सोच्ने को छ र यहाँ देख्ने हरुले त सबैले देख्छन् खुसी छ भनेर तर अनुहार हेरी मन को पीडा बुझ्ने को छ र यहाँ दुख पर्दा समाएको हात नबिर्सनु,एक्लै हुदा दिलाए को साथ नबिर्सनु,म मात्रै हो तिमी लाई हात दिएर उठाउने,अरु सबै ले लत्याएको लात नबिर्सनु,सुनौ लो बिहानी काे प्रतीक्षा मा बस्दा पल पल मा तड्पाएको बात नबिर्सनु,मैंले ढोगे पछि मात्र भगवान् भयौं तिमी,हो दुई नत्र ढुंगा थीए भन्ने औकात नबिर्सनु।
सास छ र पो शरिर दुख्छ ,आस छ र पो मन दुख्छ,जुन दिन सास रहदैन ,त्यसदिन देखि त न शरिर दुख्छ न त मन नै सबैभन्दा स्थिर कुरा हो आसा मान्छेले सबै थोक गुमाउदा नि यो रहिरहन्छ,तिमी मरेको मान्छे सग डराउछौ,डर लाग्ने त यहाँ जिउदो मान्छेले बनाउछ,सधै भरी कसैको नजरमा राम्रो बन्न सकिदैन त्यसैले सधैं आफ्नो नजरमा सही बन्ने कोसिस गरेको छु,हरेक कुरालाई मनमा लिन थाल्यो भने पिडा मात्र बढ्छ तेसैले जसले जस्तो गर्छ तेस्तै ब्याबहार गर्ने छु।
कहिलै त कतै टाढा जाउँ जस्तो लाग्छ रुनै मन लागे पनि रमाउँ जस्तो लाग्छ परिचित पनि अपरिचित ठाउँ जस्तो लाग्छ
कहिलै त कतै टाढा जाउँ जस्तो लाग्छ। हुन्नन् सबै यहाँ एकै अनि उस्तै बुझेको छु, अझैँ पनि छु बुझ्दै जति बुझ्दै गयो उति मन बिझाउँछअवस्था पनि अहो, केके सिकाउँछ छन् कोही मनमा, रहनेछन् सदायो छाती जहिलेसम्म सलामत छँदा
जहाँ गए पनि याद उनको हने छ सहायक लक्षण जति नै भए,
हुन नसकिने रैछ यहाँ सबैको लायक लागिनँ कहिलै, लाग्दिनँ कसैको प्यारो बन्न जिउँछु जसोतसो, सलामत छ ज्यान धन्न आमाबा छन् सधै भलो चिताउने
मन भए नि जीवन उनकै पासमा बिताउने साथी छन् केही मेरा अति मिलनसार मन भए नि, भए नि उनकै साथमा रहने विचार शिक्षक, गुरु छन् मेरा चाहने मेरो प्रगति मन भए नि, सके पनि कुरा गर्न जति यति भएर पनि खै, खास कुन कारणले नमजा महशुस गर्छ कहिलै किन यो मनले!
छन् जीवनमा जोडिएका केही असल दिन्नन् जसले कहिलै कुनै दखल तैपनि, कहिलै कसैको व्यवहार मप्रतिको बिझ्छ मलाई बिझेझैँ गरी सुइँ तिखो किन दुख्छ यो चित्त, छैन किन कठोर
नगर न व्यवहार झैँ फ्याँकिएको फोहोर मान्छे हुँ,छ होला केही महत्त्व नि मेरो नबाँध मलाई, नलगाऊ घेरो म हुन चाहन्छु पङ्खफुका ए मनुष्य, कसैको दिल नदुखा!
आफूले राम्रो, अरुले गलत सोचिदिँदा चोट पर्दो रैछ कहिलै मनैमा सिधा आफूलाई सहि बाटो लग्दा थाकेपछि अन्तरमा सबै यस्तै हुन् भन्ने लागेपछि -कहिलै त कतै टाढा जाउँ जस्तो लाग्छ परिचित पनि अपरिचित ठाउँ जस्तो लाग्छ।
सफलता हातमा नहोला हासिल नभए नि खास कुनै कर्ममा काबिल मान्छे त मान्छे हुँ, छ नि मेरो दिल गल्ती हुन्छ,मेरो गल्ती पहाड, आफ्नो नबनाऊ तिल ख्याल गर, बोलिमा हुन्छ ताकत बिझाउने गर्दैन नि बोलेको बोलि फर्कि फिर्ता आउने
नबन्न सकुँला म कुनै कुरामा उदाहरण बन्ने छैन तर, कसैको कुभलोको कारण लिएछु जन्म, प्रयत्न गर्ने छु हरदम असल गर्न केही नहुँदासम्म खतम राम्रो सोची राम्रो गर्छु भन्ने हुन्छ भनाइ आफ्नै स्वार्थले मात्र नसम्झनु अरुलाई सिध्याउनै मन लाग्छ कहिलै आफ्नै अस्तित्व सम्झिन्छु सबभन्दा पहिले तब, जन्म दिने को प्रेम गर्दा अरुलाई, अरुकै कारण पीर जागेपछि सबै फरक, तैपनि सबै यस्तै हुन् भन्ने लागेपछि कहिलै त कतै टाढा जाउँ जस्तो लाग्छ रुनै मन लागे पनि रमाउँ जस्तो लाग्छ।
नत सोधेका छौ, न सोध मेरो हाल लाग्छ आफूलाई पात्र पर्खिरहेको काल के सक्छु र म दिन, अहँ सक्दिनँ त्यसैले चिने पनि तिमीले मलाई नचिन नसोध हाल मेरो, न सोध बिन्ती पाउँछौ केही गरे केही नफाल समय यो किम्ती
म मौन छु, मनभित्र कुरा खेल्छन् नि लाख नसुन मलाई, नदुखाऊ सुनेर आफ्नो दिमाग बाँच्दा वास्ता गर्दैनौ, मरे मलाई हुँदैन देखिन्छ र कहाँ म मरे को रुन्छ रुँदैन नझार्नु आँशु, नझार्नु मृत्युु सत्य हो, स्विकार्नु हाँस्नु तिमी, नहराओस् मुहारको चमक म बाँचे पनि मरे पनि के नै पर्छ र फरक
देख्दैनौ कारण, देख्छौ म बदलिएको जान्न खोज्दैनौ कसरी छु म जिएको हेर्छौ, हाँसिदिन्छु, देख्ने त भयौ हाँसो जसरी देख्यौ त्यसरी व्यवहार गर्यौ, केको गुनासो बदलियो नभन बारबार, मलाई ज्ञात छ बखतसँगै बदलिन्छ व्यक्ति, तिम्लाई त याद छ?
बदलिए हुँला बेसरी हदभन्दा बरु विचार गरेर बदलिएनँ, आफै बदलिएछु, के गरुँ जस्तो पर्यो मलाई, हुँला म त्यस्तै हुन पुगेको परिवर्तन देख्छौ, देख्दैनौ पीरले दिल दुखेको आफ्नै सोच तिमी, नसोध मेरो खबर के नै पो गर्ने हो र मेरो खबरले असर?
दुखिरहेछ दिल दिनदिनै, दुखिरहेछ एकमिसे मैँलाई छ थाहा वचन कसका मनमा कसरी बिझे नत भिडमा हुँदा नत हुँदा ठाउँमा एकान्त हुनै सक्दैन अचेल मन यो मेरो शान्त अवस्था फेरबदल हुन्छ, हुन्न एकनास कतिसम्म पो फेर्ला यो फोक्सोले सास कुन दिन थाक्छ चटक्कै यो, छैन केही ठेगान नत धोको रह्यो बाँच्ने, नत धर्ती छोडी जान!
जस्तै परे पनि, तिम्रो सदाको म शुभचिन्तक ‘प्यारो’ भन्ने होस् तिम्लाई, नभन्ने होस् ‘पख्’आश त लाग्छ अति, सोधेहुन्थ्यो कसैले हालचाल कमजोरै हुँदा पनि हाँसेरै भन्थेँ होला-‘ छु कमाल।’रहर हुन्छ हात समाई थोरै भए नि कोही हिडोस् आफैसँग हारेको म, साथमा को नै पो होस् महशुस हुँदा नि हारेको, छैन छोडेको हिम्मत जस्तै छोड्न सक्दैन जड्याहाले जाँडको लत नगरे पनि तिम्ले पर्वाह मेरो, म गर्छु अधिक नसोधे नि तिम्ले,सुन्न पाउँ म तिम्रो खबर सदा ठिक।
लौ,बताऊ बताइदेऊ तिमी त आइनौ मलाई चाहिनौ आइरहन्छन् तिम्रा याद नलिई अनुमति गर्छु प्रयत्न रोक्न कति, मान्दैनन् एक रति सिकाइदेऊ उपाय तिम्रा यादले धेरै सताए सक्दिनँ म यिनलाई, सक्दिनँ लखेट्न सिकाइदेऊ कतैबाट नसके पनि भेट्न छैन म बस्न सकेको मज्जाले खुली भइरहन्छ वेचैन छैन बढ्न सकेको तिमीलाई म भुलौ,बताऊ सिकाइदेऊ उपाय जे होला,होलातिम्रो याद नआउँदा।याद नै नआए, कमसेकम केही गरेर
शान्त रहन आफूले आफूलाई सघाउँला पछि लागेका छन् तिम्रा याद,मेरा हरेक पाइलापछि हर पल छोड्दैनन् मलाई, जति नै गरे नि कल कसरी सक्छु म लाउन यिनलाई पार बताइदेऊ, बताइदेऊ बस् एक बार!
तिम्रा यादहरुले कोर्छन् यी आँखाअघि सुन्दर आकृति लाग्छ अनि तिमीप्रति मलाई त्यसै प्रिती
तिमीले मतलब नराख्दा तिम्रा यादले किन राख्छन् मसँग मतलब जहाँ गए नि छोड्दैनन् पछि लाग्न बरु लागिसके तिम्रै यादले गर्दा म थाक्न
कि त आऊ, आऊ तिमी नत्र लैजाऊ याद, लैजाऊ तिमी कमसेकम होला मन यो शान्त यादमा तिम्रो,ध्यान सजिलै कहाँ सबैतिर जान्छ!
किन आउँछ नेत्रअघि तिम्रो सुन्दरता नआओस् भनेर मनैले बिन्ती गर्दा आइरहन्छन् याद तिम्रा, सताउन कस्तो जानेका मेरो मन,मस्तिष्कलाई आफ्नै राज्यझैँ ठानेका के गरुँ याद यी मैले भगाउन नआऊ बरु मेरोसामु,तर मलाई यसमा सघाऊ न!
गर्दा पनि घरीघरी यताउता गरेझैँ गरी वर्षा यामका भ्यागुतान सकिने भो याद तिम्रो छुटाउन यस्तै भइरहे त,नहोला बेर मैले मुद्दा उठाउन गाह्रो पर्ला फेरि तिम्लाई धाउन अदालतमा
त्यसैले आऊ न,लैजाऊ याद यही बखतमाम सक्दिनँ तिम्रा यादले सजिलै समय बिताउन मनले भन्ला फेरि मुद्दा परे तिमीलाई नै जिताउन छैन यसको पनि केही भरोसा, छैन यसकै राज चल्छ ममा, मेरो चल्दैन बचाऊ मलाई तिम्रो यादको अतिक्रमणबाट कि त मेरै हुनलाई गर तिमीले आँट गर केही गर एउटा चाँडो भरिनै लाग्यो,तिम्रा यादहरु राख्ने यो मनको भाँडो मतलब गर्दैन मान्छे अरुलाई आफू खुसी हुँदा मतलब गरेनन् भन्छ अनि आँशु खसाई रुँदा
कोही त मतलबै गर्दैन जति नै माया गरे पनि अनि कति माया गर्थेँ भन्छ मरेपछि चिता छुँदा जीवनमा उतारचढाव हुन्छ, एकनास यो हुन्न जे नि हुन सक्छ जहिले, जति बनाए पनि बुँदा भन्छन् यहाँ अति गरेपछि खति त भोग्नैपर्छ फाट्छ नै बढी बल गरे, ख्याल गर्नु लुगा धुँदा मतलब गर्दैन मान्छे अरुलाई आफू खुसी हुँदा मतलब गरेनन् भन्छ अनि आँशु खसाई रुँदा ।
-समाप्त