२०८२ फाल्गुन २९ गते शनिवार

दाङ भ्याली यातायातमा आबद्ध यातायात व्यवसायी तथा परिवारजनले सिटी अस्पतालमा औषधि–उपचारमा छुट



तुलसीपुर — दाङ भ्याली यातायात प्रा.लिमा आवद्ध यातायात व्यवसायी, पदाधिकारी, कर्मचारी तथा उनीहरूको परिवारका लागि तुलसीपुर सिटी अस्पतालले उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने गर्ने भएको छ। आज २३ गते (मंगलबार)**देखि लागू हुने गरी दुबै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा दाङ भ्याली यातायातका अध्यक्ष महेन्द्र महोतरा तथा तुलसीपुर सिटी अस्पतालका निर्देशक हेमराज बस्नेतबीच हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार यातायात व्यवसायमा संलग्न अटो/सवारी चालक तथा उनीहरूको परिवारलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था मिलाइएको छ।जसमा , ब्लड सुगर चेकजाँच — १००% छुट,फिजियोथेरापी — १५% छुट

ल्याब टेस्ट — १५% छुट,बेड तथा डाक्टर चार्ज — १०% छुट,मेजर तथा माइनर अपरेशन — १०% छु फार्मेसी सेवा — ७% छुट

दुबै संस्थाले यस सम्झौताबाट यातायात पेशामा संलग्न चालक तथा उनको परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच र उल्लेख्य राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

दाङ भ्याली प्रालीका अध्यक्ष महेन्द्र क्षेत्रीले राप्ती सञ्चार अनलाइनलाई जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार