
असाेज
२९
स्वास्थ नै मानिस को धन हो ।आय- आर्जन गर्न जिन्दगी चलाउन, विकास गर्न, राजनीति गर्न हरेक क्षेत्रमा पहिले मानिस शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुनु पर्छ। तर यहाँ हाम्रो तुलसीपुर उपमहानगरपालिका वजार अन्य क्षेत्र को विकास र सुधार भए पनि स्वास्थ मा केही सुधार भए पनि सोचे जस्तो स्वास्थ सँग सम्बन्धि ठुला अस्पताल ठूलो डाक्टर ठुला उपकरण को विकास र उपलब्ध हुन सकेका छैनन् ।हाम्रो उपमहानगरपालिका जस्तो बजार मा प्राय बिरामी नेपालगन्ज ,काठमाडौं र लखनऊ रिफर हुन्छन् । यो प्रणाली को अन्तय कहिले होला।जो हामी तुलसीपुर वासि यहि आफ्नै बजार क्षेत्रमा ढुक्क सँग अौषधि उपचार र अप्रेसन गर्न सक्ने।जहाँ गरिव ले टाढा जाने भाँडा खर्च ले आफ्नो उपचार गर्न शकुन ।यहाँ ठुला महल होइन ठुलो अस्पताल र डाक्टर को खाँचो छ।बिरामी लाई काठमाडौं ,नेपालगन्ज लखनउ होइन यहि उपचार गर्न सक्ने उपचार र डाक्टर को खाँचो छ। लगत्तै मङ्सिर ४ गते प्रदेश र संघको चुनाब आउदै छ।हरेका आ आफ्ना उदेश्य र सपना छन् हामी यो गर्छौ उ गर्छौ तर हाम्रो यस तुलसीपुर मा हामी यस्तो अस्पताल को विकास गर्छौ जहाँ गरिव दुखि जनता लाई अप्रेसन गर्न नेपालगन्ज ,काठमाडौं लखनउ मा होइन यहि तुलसीपुर मा गर्छौ भनेर कुनै पार्टी को कुनै नेताले ठोस रुपले बोलेको सुनिएको छैन। यहाँ बोलेर होइन गरेर देखाउने नेता चाहिएको छ। एउटा यस्तो नेता जन्मियोस् जसले यो काम गरोस् ।कुनै पार्टी गलत हुदैन गलत हुन्छन् पार्टी चलाउने नेता। अब यहाँ तुलसीपुर उपमहानगरपालिका बासिले भोग्दै आएको स्वास्थ्य सँग सम्बन्धि समस्या हरु को साबधान गर्ने नेता नै असलि हिरो हो ।चाहे त्यो जो सुक्दै पार्टीको होस् ।आशा राख्छौं यस्तो नेता को जन्म छिट्टै होस् ।मङ्सिर ४ पछि।