२०८१ असोज २८ गते मङ्गलवार

विश्व फार्मेसी दिवसको अवसरमा तुलसीपुरमा प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम



९ असोज विश्व फार्मेसी दिवसको अवसरमा तुलसीपुरमा प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आज  नेपाल फार्मेसी संघ दाङ शाखा र तुलसीपुर बहुप्राविधिक शिक्षालय फार्मेसी शाखाको आयोजनामा कार्यक्रम भएको थियो । नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीको अध्यक्षता तथा   तुलसीपुरका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

उक्त अवसरमा प्रमुख अतिथी तथा मेयर खड्काले फार्मेसीको सल्लाह बमोजिम औषधी सेवन गर्न आग्रह गर्नुभयो । सहि तरिकाले औषधी सेवन गरेमा रोग ठिक हुने र सेवन गर्न नजाने औषधि पनि विष बन्ने उहाँले बनाउनुभयो ।

फार्मेसीबाट औषधि किनेर लगेका विरामीहरुले औषधी सेवन गर्ने मात्रा नजानेर पनि अकालमा ज्यान गुमाउने अवस्था रहेको बनाउनुभयो । यस्ता समस्या आउन नदिन फार्मेसी सञ्चालकहरु ध्यान दिनुपर्ने खड्काले बताउनु भयो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले रोगको पहिचान गरी फार्मेसीको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने बताउनु भएको थियो । त्यस्तै औषधी सेवनको ज्ञान नभएका कारण अकालमा ज्यान गुमाउनु पर्ने र दीर्घ रोगको सिकार हुनुपर्ने अवस्था आउने बताउनु भएको थियो । फार्मेसीको नीति र पेशाको मर्यादामा रहेर अघि बढ्नु पर्ने बताएका थिए । 

त्यस्तै कार्यक्रममा तुलसीपुर स्वास्थ्य शाखाका विष्णु गिरी, नेपाल औषधी व्यवसायी संघ दाङका सचिव गिरीराज न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, पत्रकार दिपक बोहरा, केम्सन दाङका महासचिव मदनमोहन गौतम, फार्म दाङका उपाध्यक्ष बसन्त योगी, विद्यार्थी तुलराज बराललगायतकाले मन्तव्य राखेका थिए ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाल फार्मेसी संघ दाङका सचिव दया ज्ञवालीले गर्नु भएको थियो । 

प्रकाशित मिति : २०८१ असोज ८ गते बुधवार