२०८१ असार ३० गते आइतवार

पर्साको सखुवा प्रसौनी मा दोस्रो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



पंचगावा ।। पर्साको सखुवा प्रसौनी गाउँपालीका मा सहयोही नेपालको आयोजता तथा सखुवा प्रसौनी गाउँपालीकाको सहयोगमा दोस्रो पटक आयोजित सखुवा प्रसौनी गाउँपालीकाको चालु आ.व २०८०/८१ मा प्रवाहित सार्वजनिक सेवा तथा विकाश निर्मानको समिक्षा तथा आगामी आर्थिक बर्षमा हुने कामहरुमा आवशयक सल्लाह सुझाव संकलनका लागी “सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् । सहयोगी नेपाल पर्सा द्वारा कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न पदअधिकारीहरु को उपसथितिमा सखुवा प्रसानी गाउँपालीका का प्रमुख जसवन्त यादव , गा पा उपमेयर शर्मिला बिष्ट महतो , प्र.प्र.अध्कृत राजेश रौनियार र सखुवा प्रसौनी गाउँपालीका को सम्पुर्ण वडा अध्यक्षज्यु गाउवासी, सबैजना आफनो तर्कदिदै सल्लाह सुझाव दिए। यस २०८० मा कति रकम कर्च र २०८१ मा कति रकम विनियोजन गरेका छन् भन्ने सवै कुरा गाउँपालीका . अध्यक्ष जसवन्त यादव ले जानकारी दिएका थियोे।

कार्यक्रम जनप्रतिनिधि ,संचारकर्मी , ,सुरक्षाकर्मी,कर्मचारी र पालिकाका विभिन्न वडा बाट आएका जनताहरुका उपस्थिति भई यस कार्यक्रमलाई समपन्न गरिएका थिए ।

प्रकाशित मिति : २०८१ असार २१ गते शुक्रवार