२०८३ असार १५ गते मङ्गलवार

शिक्षामा तीन दशकको योगदान : त्रिदेव सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न




दाङ । तुलसीपुर–७ स्थित त्रिदेव सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक भेला आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका अध्यक्ष श्री तिलकराम खड्काको अध्यक्षतामा आज सम्पन्न भएको छ
कार्यक्रममा प्यावसन दाङका अध्यक्ष श्री निर्मल न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी तुलसीपुर–४ का वरिष्ठ व्यक्तित्व श्री कृर्ति बहादुर खड्का, तुलसीपुर–७ का वडा अध्यक्ष श्री रामबहादुर जि.सी. तथा गायक एवं दाङ जिल्लाका धरोहर कलाकार श्री सन्दीप सेन्चुरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।थियाे


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री मनोज हमाल र सह–प्रधानाध्यापक श्री पद्मा शर्माको समेत उपस्थिति रहेको थियो। साथै तुलसीपुर नगर प्यावसनका अध्यक्ष श्री डम्बर डाँगी, अतिथिहरू श्री ध्रुव गौतम, श्री सुरेन्द्र खड्का तथा सेयर सदस्यहरू श्री पुष्पराज गिरी, श्री निमकुमार श्रेष्ठ र श्री निर्मल बस्नेतको पनि सहभागिता रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्मल न्यौपानेले विद्यालयले ३० वर्षको यात्रामा शिक्षासँगै खेलकुद क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएको बताउनुभयो। वडा अध्यक्ष रामबहादुर जि.सी.ले विद्यालयले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सफल होस् भन्दै विद्यार्थी र अभिभावकको विश्वास जित्दै थप प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा राष्ट्रिय कलाकार सन्दीप सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो, जसमा शिक्षक, अतिथि तथा सहभागीहरू रमाएका थिए। कार्यक्रमको स्वागत मन्तव्य सह–प्रधानाध्यापक श्री पद्मा शर्माले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्री नोकिराम ओलीले गर्नुभएको थियो।
कार्यक्रमले विद्यालयको शैक्षिक गतिविधि, अभिभावक–विद्यालय सम्बन्ध र समग्र शैक्षिक विकासमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिवार