२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा एउटै घरमा बस्ने महिला माथि बलात्कार



तुलसीपुर ,१० साउन/ दाङ तुलसीपुरमा एउटै घरमा भाडामा बस्ने किशोरले महिला बलात्कार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ मा कोठा भाडा लिएर बस्ने अन्दाजी १८ बर्षीय प्रदिप विकले सोही घरमा बस्ने महिलालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
बुधबार राति साढे ११ बजेतिर बलात्कार गरि किरण राणाको रा ६ प ५४०८ नम्बरको मोटरसाईकलमा फरार रहेका थिए । राणा र बिक दुबै फरार रहेको अबस्थामा राणालाई आईतबार घर नजिकै लुकीछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई दाङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ । त्यस्तै सोही दिन देखि फरार रहेका विकलाई मंगलबार(आज) दिउसो १२ बजेतिर पक्राउ गरिएको हो । उनलाई तुलसीपुर, ६ स्थित भित्री सडकमा फेला पारी पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार